Saturday, December 4

घर बाटै विष्णुको श्रीमान र सासु पक्राउ, विवाहको २७ दिनमा रहस्यमय मृत्यु भएकी विष्णुको न्यायका लागि घर मै पुग्यो यति ठूलो भिड (भिडियो हेर्नुस्)

June 24, 2021 133

पोखराकी विष्णु वरालको निधन वुटवलमा रहस्यम तरिकाले भएको थियो । उनको विवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उजुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ । बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान फितलो भएको भन्दै दुई दिन अघि वुटवल स्थित प्रहरी कार्यालयमा विष्णुका माइती पक्षले नारावाजी गरेका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै विरोध गरिएको थियो । प्रहरी कार्यालय अगाडी भिड जम्मा भएपछि केही वेर विवाद समेत भएको देखिएको थियो । पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको रहस्यम निधन भएपछि सो घटना विवादित बनेको छ ।

माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो । तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि विवाद सुरु भएको हो ।

प्रहरीले विष्णुको सासुलाई पक्राउ गर्न जाँदा उनको घरमा पनि ठूलो भिड जम्मा भएको देखिन्छ । । दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फेला परेकी थिइन् । विष्णुको माइती पक्षले घटना रहस्यम भन्दै छानविनको माग गरेका छन् । यो घटना अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्