Friday, October 22

एमालेमा ओलीको निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज, बादलसहित २३ माओवादी नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत

March 12, 2021 278

रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसागै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्।
एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

प्रतिकृया दिनुहोस्