Saturday, September 25

राजेन्द्र महतोको मन्त्री पद हेलिकोप्टरमा उड्दा-उड्दै चैट भएपछि…

June 23, 2021 82

हेलिकोप्टरमा उड्दा-उड्दै राजेन्द्र महतोको मन्त्री पद चैट भएको छ । महतोको उपप्रधान एवं शहरी विकास मन्त्री हेलिकोप्टरमा उड्दा(उड्दै चैेट भएको हो । महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक गइरहका बेला सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि मन्त्री पद गएको हो ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पु¥याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ गएका थिए । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उनको मन्त्री पद गएको हो ।

उनी हेलिकोप्टर चढ्दा मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेको थियो ।

प्रतिकृया दिनुहोस्