Wednesday, August 4

ज्वाला संग्रौला थुनामै बस्ने ? प्रशासनले दियो यस्तो अनुमति

June 21, 2021 160

आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने (टीका संग्रौला) सहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ ।प्रहरीले आइतबार संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई पक्राउ गरेको थियो । उनीहरुलाई सोमवार म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेपछि यस्तो अनुमति प्रहरीले पाएको हो ।

अब हिरासतमै राखेर उनीहरु माथिको आरोपवारे अनुसन्धान हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले अराजक गतिविधि गरेको आरोप छ।केही दिन पहिले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध जातीय विभेदयुक्त अभिव्यक्ति दिएकी थिइन् भने युवासंघका महिला नेता माथि पनि दु ब्र्य वहा र गरेको बताइएको छ ।

राजनीतिक कार्यकर्ता खुश्वु घिमिरेले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । आफुलाई ज्वालाको समुहले प्रहरी कार्यालयमै हात पात गरेको बताएकी छन् । यी दुवै घटनामा प्रहरीले अनुसन्धान थालेको छ। उनीहरुविरुद्ध मधेसी आयोगमा पनि उजुरी परेको थियो। अहिले उनीहरुलाई काठमाडौं परिसरको हिरासतमा राखिएको छ।

प्रतिकृया दिनुहोस्