Monday, June 14

सरकारसंग वार्तापछि खुला राजनीतिमा आएको विप्लवलाई फेरी धोका !

March 12, 2021 184

सरकारसंग वार्ता पछि ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लवका नेता कार्याकर्ताहरु अझै पनि कारागारमा छन् । विप्लवसंग सहमति भएपछि रिहा गर्न भनिएका नेताहरु अझै रिहा भएका छैनन् । तीनबुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन्।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा लगायत १० नेताहरु अहिले पनि कारागारमै छन् । उनीहरु एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा राखिएको भएपनि रिहा गरिएको छैन ।

गृहमन्त्रालयको आदेश आएपनि अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन्।खाँदबारी कारागारमा संखुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता रहेको बताइएको छ । वार्ताको क्रममा विप्लवले पहिलो प्राथमिकतामा यि नेता कार्यकर्ताको रिहाई राखेको थियो । सरकारले विप्लवको सर्त स्वीकार गरेर सहमति गरेको हो ।विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले बताए।

प्रतिकृया दिनुहोस्