Thursday, October 21

दिल्लीको अपोलो अस्पतालवाट पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यका बारेमा आयो यस्तो जानकारी

June 17, 2021 207

बुधवार उपचारका लागि दिल्ली गएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको अपोलो अस्पतालमा उपचार शुरुभएको छ । अस्पतालले खनालको प्रारम्भिक स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएको छ । अस्पतालले खनालको स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि नयाँ दिल्लीस्थित अपोलो अस्पताल लगेर भर्ना गरिएको थियो ।

नेता खनाललाई बुधबार साँझ अस्पताल भर्ना गरिए पनि उनको नियमित उपचार आज विहिबारबाट शुरु गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य चन्द्र लामाकाअनुसार र ग तमा देखिएको हेमोग्लोविनको कमी हटाउनेबारेमा चिकित्सकले उपचार शुरुगरेका छन् ।

लामो समयसम्म ज्वरो आउने र नियमित खोकी लाग्ने समस्या देखिएपछि नेता खनाललाई जेठ ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ रहँदासम्म स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेपछि परिवारका सदस्यको आग्रह र चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि बुधबार भारतको नयाँ दिल्ली लगिएको थियो ।

एक महिनाअघि नेता खनाललाई कोभिड पोजेटिभ भएको र कोभिड ठीक भएपनि अन्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अपोलो अस्पतालमा नेता खनालसँगै गएका चिकित्सक डा। सुदिप अमात्यले सचिवालयका सदस्यहरुलाई दिएको जानकारी अनुसार नेता खनालको स्वास्थ्यमा केही सुधार भएको छ ।

प्रतिकृया दिनुहोस्