Wednesday, August 4

३ छोरी पछि छोराको चाहना राख्दा अनिताको अकालमै गयो ज्यान, अस्पतालको बबाल १० लाखमा मिल्यो

June 17, 2021 195

काठमाण्डौंको कालिमाटीस्थित ज्योति अस्पतालमा गर्भ प’तन गराउन आएकी एक महिलाको मृत्यु भएपछि बिरामीका आफन्तले दुई दन बबाल गरे । अवस्था विग्रन थालेपछि अस्पतालले प्रहरी बोलायो । तर अस्पताल प्रशासनले क्षतीपुर्ती स्वरुप १० लाख रुपैया दिने सहमति गरेपछि विवाद मिलेको छ । अहिले आफन्तले उनको शव बुझेर अन्त्यष्टिका लागि लगेका छन् ।

अस्पताल भर्ना भएकी रामेछाप दोरम्बा गाउँपालिका ६ की २५ वर्षीया अनिता घिमिरेको मंगलवार मृत्यु भएको हो । सोमवार करिब ११ बजे भर्ना भएकी उनको अवस्था जटिल भएपछि बेलुका ८ बजे थप उपचारको निम्ति ग्वार्कोको बीएण्डबी अस्पताल रिफर गरिएको थियो । बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भए पनि ज्योति अस्पतालको लापरबाहीको कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्तहरुले विरोध गरेका थिए ।

मृ तक अनिता घिमिरेका भाइ अविनाश खत्रीले अब विवाद नगर्ने सहमति गरेर आजै अस्पतालबाट शव बुझी मृ तकको दाहसंस्कार गरिएको बताएका छन् । उजुरी नगर्ने र अन्तिम संस्कार गर्ने सहमति भएपछि पोष्टमार्टम पनि नगरिएको अविनाशले बताए ।

तीन छोरीकी आमा बनीसकेकी उनी चौथो पटक गर्भवती भएकी थिइन् । भ्रुण पहिचान गरेर गर्भ प’तन गराउने सल्लाह अनुसार उनी कालिमाटि स्थित अस्पताल पुगेकी थिइन । जेठ ३१ गते सोमबार देवरलाई लिएर उनी कालीमाटीस्थित ज्योति अस्पताल पुगेकी उनलाई औषधी खाएर गर्भ पा’त पनि गराइयो । त्यसपछि उनको स्वास्थ्य अवस्था विग्रिएको थियो । गम्भीर बनेकी उनको थप उपचारका लागि बिएन्डबी अस्पतालमा लगिएकोमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्