Wednesday, June 16

ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, यी तिन नेता परे ओलीको टार्गेटमा, ओलीले गम्भीर निर्णय लिन सक्ने !

March 12, 2021 158

केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी नेकपा एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

श्रोतका अनुसार रामकुमारी झाक्री, भिम रावल र रघुजी पन्तसंग केहि स्पष्टीकरण मागिने बताइएको छ ।एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श थालेका छन् । यसबीचमा आफ्नो सरकारमा रहेका पुनःस्थापित माओवादी केन्द्रका नेताहरुसँग चरण चरणमा उनले छलफल गरेका थिए ।

ती नेताहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटी र माओवादी केन्द्रबाट जोडिएका अन्य नेता कार्यकर्तालाई विभिन्न कमिटीहरुमा समायोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ ।केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्