Saturday, September 18

आज असार ३ गतेका मुख्य समाचार – बाढिले सयौं बेपत्ता, यर्पोट खुल्दै, ज्ञानेन्द्र शाही, रबि,गाडी,राहत

June 17, 2021 74

पछिल्लो २४ घन्टामा नेपालमा २८२८ जनामा कोरोना संक्रमण, थप ५२ जनाको मृत्यु । कर तिर्न सरकारले दियो असार २५ गतेसम्मको समय । केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना । झलनाथ खनालको वक्तव्यले नेपाल समूहमा खैलाबैला । परराष्ट्रमन्त्री भन्छन–चीनबाट ४० लाख खोप ल्याउँदैछौं । बाढी-पहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन ।

एमालेले सरकारलाई भन्यो : विपत्तिमा परेकाहरुको तत्काल उद्धार गर । प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस् । ज्ञानेन्द्र शाहीले पत्रकार धम्क्याएकोमा महासंघको विरोध । नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गर्न डब्ल्यूएचओको अपील । नेप्से परिसूचक ३ हजार तल झर्‍यो, सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी ।

झलनाथ खनालको हस्ताक्षर दुरुपयोग भयो, यो षड्यन्त्र हो : जगन्नाथ खतिवडा । मेलम्ची खानेपानी आयोजनाका आठजना सम्पर्कविहीन । रोकिएका लोकसेवाका परीक्षा साउनपछि, भाैतिक उपस्थितिमै हुने । अखिलको राहत र उद्धार टोली सिन्धुपाल्चोक प्रस्थान । बाढीपहिरो प्रभावित परिवारलाई सरकारले ५० हजार राहत दिने । बाढी, पहिरो र डुबान :६ जनाको मृत्यु, १४ बेपत्ता, ३३ जिल्लाका ९९ ठाउँमा बाढी ।

आजबाट फेरी बाढी पहिरो र डुबान हुन सक्ने जिल्ला कुन कुन रहेका छन् त यसबारे महत्वपुर्ण सुचना । ४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय । निषेधाज्ञा उल्लंघन गर्ने २७ सय ४६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा । कुन कुन देशमा उडान खुल्न लागे यसबारे पुरै जानकारी । बाढीको जोखिमबारे पूर्व जानकारी पाउन ११५५ फोन गर्न सकिने । मनसुन अझै सक्रिय, धेरै स्थानहरूमा भारी वर्षा हुने । रबि लामिछानेले दिए नेपाल सरकारलाई कडा सुचना यसबारे पुरै जानाकारी ।

प्रतिकृया दिनुहोस्