Tuesday, September 28

मेलम्ची नदीमा आयो बाढी, धेरै मानिस हाताहातको आशंका

June 16, 2021 123

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको छ। अविरल वर्षापछि आएको बाढीले ठूलो क्षति गरेको आकलन गरिएको छ। बाढीपछि मेलम्ची तथा इन्द्रावती खोलाको बहाव उच्च बनेको छ। अविरल वर्षापछि बाढीले नदी आसपासका केही व्यक्ति, ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको हुन सक्ने प्रहरीले बताएको छ।

त्यहाँ हताहती भएको अनुमान गरिएको छ। भहेलम्बुदेखि मेलम्चीसम्म स्थानीयबासीको भा’गाभा’ग भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

‘वर्षाका कारण अकस्मात् बाढी आएर केही क्षति भएको हो भन्ने जानकारी आएको छ, राति भएको हुनाले हाम्रो टोली पुग्न सकेको छैन,’ एक प्रहरीले भने, ‘तर, नदीमाथि पहिले पहिरो खसेको र थुनिएको जानकारी छ, थुनिएको बहाव आएसँगै क्षति भएको बुझिएको छ।’

बाढी आएसँगै मेलम्चीमा रहेको सशस्त्र प्रहरीको क्याम्प विस्थापित भएको उनले बताए। सो क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटेको प्रहरीले बताए।

प्रतिकृया दिनुहोस्