Saturday, September 25

हासी खुसि धुमधामले बिहे गरेर गएकी बिष्णु २७ दिन मै आफ्नै घरमा मृत अबस्थामा भेटीईन , दाईजो कै लागि छोरीलाई यती सम्म गरिदो रहेछ भन्दै आमा भक्कानिएर रोईंन ,हेर्नुहोस पुरा भिडियो

June 15, 2021 193

कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । आमाको आँखा ओभाएका छैनन् । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । माइती पक्षले घटना रहस्यमय भएको बताएका छन् । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका माइतीले गरेका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेकी थिइन् ।

उनले दुरान फर्काउन आउँदा अलिकति सुन थपेर ठूलो बनाइदिउँ है भनेर पनि भनेकी थिइन् । तर दुरान फर्काउन नपाउँदै छोरीको मृत्युको खबर सुन्नुपर्दा माइती पक्ष स्तब्ध भएको छ । दुई पक्षले नै सल्लाह गरेर विवाह भएको थियो । भान्जीले छोरीको विवाह गरिदिनु भनेपछि आफुहरुले सल्लाह गरेर विवाह गराएको आमाको भनाई छ। उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।

अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले देह त्याग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् ।

प्रतिकृया दिनुहोस्