Monday, December 6

आज असार १ गतेका मुख्य समाचार – यी जिल्लामा लकडाउन खुल्यो, बैंक गाडी यर्पोट खुल्दै,नयाँ भाईरस,वर्षा

June 15, 2021 150

नेपालमा कोरोना संक्रमणबाट एकैदिन ५३ जनाको मृत्यु । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि । भारतमा देखापर्‍यो कोरोनाको अर्को नयाँ रूप ‘डेल्टा प्लस’! । गृहमन्त्रीमा मेरो नाम फाइनल थियो, प्रधानमन्त्री वरिपरिका साथीहरूले चलखेल गरे : महेश बस्नेत । कांग्रेस सांसद नरोत्तम वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग ।

एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा । माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष । जनमोर्चाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय सर्वोच्चबाट सदर । १९ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो ८०९ अर्ब । नरोत्तम वैद्यविरुद्ध जाहेरी दर्ता गरेकामा कांग्रेसको आपत्ति ।

निषेधाज्ञाको मोडालिटीमा परिवर्तन: के-गर्न पाइन्छ, के-पाइँदैन । अबदेखि बैंक तथा वित्तीय संस्था खुला रहने । यातायात सम्बन्धि महत्वपुर्ण जानकारी । पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजन सपोर्टमा उपचार हुँदै । राष्ट्रबैंकको प्रतिवेदन : खाने तेल र माछामासुमा अत्यधिक मूल्यवृद्धि । धनुषा, महोत्तरी, सर्लाहीमा एक साता र सिरहामा दुई साता निषेधाज्ञा थप ।

माधव नेपालसहितको स्थायी कमिटी बैठक बाेलाउने तयारीमा ओली । देशभर फैलियो मनसुन, कुन-कुन नदी क्षेत्रमा जोखिम बढ्यो । देउवा, प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता । सुदूरपश्चिम ओली समूहका ७ सांसद निलम्बन । सरकारविरुद्ध एक एक भएर जाने विपक्षी गठबन्धनको निष्कर्ष । निर्वाचन आयोगको विश्वसनीयतामै प्रश्न– ओलीको ‘सेटिङ’ मा चल्छ ।

नेपाली महिला भारतीय सेनामा भर्ती हुन पाउने । महाकालीको पहिरो तत्काल नहटाउने भारतको संकेत, पत्रको जवाफ समेत दिएन । जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने । आजबाट कुन कुन जिल्लामा निषेधाज्ञा थपियो र कुन कुन जिल्लामा निषेधाज्ञा खुकुलो पारियो ।

प्रतिकृया दिनुहोस्