Wednesday, August 4

बिहे गरेको २७ दिनमा आमालाई अन्तिम फोन गर्दै, बिनिताले छोडिन संसार (भिडियोसहित)

June 14, 2021 130

पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले देहत्याग गरेको खबर पोखरा पुग्यो ।

आमा छाँगाबाट ख’सेजस्तै भईन । हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृत्युको खबरले झन बिछप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति खर्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिको सिक्री सानो भयो भनेर छोरीलाई गुनासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् ।

अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दुलन फर्काउन आउन नपाउँदै छोरीले देहत्याग गरेपछि माईतिपक्षले न्याय मागिरहेको छन् । बाँकि तल भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्