Tuesday, September 28

खोप लगाएपछि शरीरमा चुम्बक जस्तै सिक्का, चम्चा टासिएको भिडियो भाईरल भएपछी स्वास्थ्य मन्त्रालयले निकाल्यो यस्तो बिज्ञप्ति

June 14, 2021 172

विरुद्धको खोप लगाएपछि शरीरमा देखिने असरका बारेमा विभिन्न हल्लाहरु भइरहेका छन् । विरुद्धको खोप लगाएपछि भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि यसबारे चर्चा परिचर्चा भएको हो ।अरविन्द सोनार नामका ती व्यक्तिले आफूले कोरोनाको दुवै डोज लगाइसकेको बताएका छन् । उनले भिडियो नै बनाएर सोसल मिडियामा राखेपछि सो भिडियो भाइरल भएको छ । भिडियोमा शरीरमा सिक्का, चम्चा, पनिऊ, थाल टाँसिएको देख्न सकिन्छ ।

खोप लगाएपछि साँच्चै शरीर चुम्बकीय बन्छ त ? स्वास्थ्य मन्त्रालयले कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस्