Friday, June 25

झन कडा बनिन् रामकुमारी झाँक्री , ओलीसँग कुनै हालतमा झुक्दैनौँ, तह लगाएरै छाड्छौँ, सांसद पद गए जाओस्

March 12, 2021 433

एमाले नेता रामकुमारी झाँक्री अहिले राजनीतिको चर्चामा छन् । उनका कडा अभिब्यक्ति कहिले विवादित हुन्छन् भने कहिले तरंग उत्पन्न गर्छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर दिएको विवादित अभिब्यक्तिका कारण पक्राउ समेत परेकी थिइन् । तर पनि उनी कडा अभिब्यक्ति राख्न छोडेकी छैनन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुँदा सचिवालय देखि केन्द्रीय सदस्य हुुुँँदै तल्लो निकायका अलावा संसदीय दलसम्म अल्पमतमा थिए । अहिले नेकपा एमाले ब्युँतिएपछि ओली केन्द्रीय समिति र संसदीय दलमा बहुमतमा छन् । तर, पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा छन् ।

नेकपा एमाले गठन भएपछि ओलीले अहिलेसम्म पदाधिकारी देखि केन्द्रीय कमिटी मात्र नभई संसदीय दलको पनि बैठक डाकेका छैनन् । उनले बैठक नडाक्नुमा माधव नेपाल पक्षधरबाट हुनसक्ने सम्भावित चुनौती पनि कारण हो ।यसैबीचमा सर्वोच्चको फैसला पछि एमालेमै रहने निष्कर्षमा पुगेको माधव नेपाल समुहका नेता रामकुमार झाँक्रीले फेरी पनि प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर विरोध गरेकी छन् । उनले ओलीलाई तह लगाएरै छोड्ने बताएकी छन् । उनले आफ्नो संसद पद छोड्नु परेपनि ओलीको गलत कार्यशैलीको विरोध गरिरहने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्