Tuesday, September 21

‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ ?’

March 12, 2021 334

वाम गठबन्धनदेखि वाम एकतासम्म महत्त्वपूर्ण भूमिका खेलेका माधव नेपाललाई केपी ओलीले त्यतिखेरसम्म भाउ दिएका थिए, जुन दिन वाम एकता भएर ओली सरकार दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्यो । त्यसपछि ओलीले नेपालकै प्रस्तावमा आफू सर्वसम्मत रुपमा पार्टी संसदीय दलको नेता बन्दै त्यही आधारमा प्रधानमन्त्री बनेको बिर्सिए ।२०७५ जेठ ३ गते पुष्पकमल दाहालको माओवादी केन्द्रसँग एकीकरण भएपछि दाहाल र ओलीका बीचमा सम्बन्ध प्रगाढ बन्दै गयो । नेपाललाई बिस्तारै साइड लगाउन थालियो । ओलीको पेलान नेपाल समूहलाई अ त्यधिक हुन थाल्यो । ओलीको व्यक्ति र गुट केन्द्रित निर्णयमा नेपालले असहमति दर्ज गर्दै अघि बढ्दै गए ।

२०५० देखि २०६५ सम्म एमालेको नेतृत्वमा रहँदा नेपाल जसरी ओलीमाथि हावी हुँदै गएका थिए, ओलीले त्यसको बदला २०७१ मा एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएसँगै लिन थाले ।नेपालले सम्झिएसम्म तत्कालीन एमालेको पदाधिकारीमा पराजित अरु नेताहरु स्थायी कमिटी सदस्यमा मनोनीत गरिसक्दा पनि नेपालको सिफारिसमा रघुजी पन्तलाई ओलीले पार्टी निर्णयका बाबजुद निकै पछिसम्म स्थायी कमिटी सदस्य बनाएनन् ।
नेपालले भनेका थिए, ‘त्यसपछि धोकाधडी कति भए कति, गनिसाध्य छैन ।’ समकालीन नेपाली राजनीतिक नेतृत्वमध्ये नेपाल अरू नेताहरूको तुलनामा इमानदार मानिन्छन् ।

पार्टी, विधि पद्धति र प्रणालीमा उनले जोडबल गरेकै देखिन्छ तर ओलीले नेपालको स्वभावविपरीत पे लेरै जाँदा र आफ्नो गुटको स्वार्थका लागि मात्रै निर्णय गर्दा नेपालको मन कुँ डिनु अस्वाभाविक होइन ।नेकपा एकीकरण भएपछि नेपाल धेरै पटक ओलीबाट अ पमानित भएका छन् । ओलीले कहिले पार्टी वरीयतामा उकाल्ने र कहिले ओराल्ने गर्दा नेपालले फरक मत राख्नेबाहेक केही गर्न सकेनन् । कतिसम्म भने ओलीले आफू बिरामी भएर उपचारका लागि सिंगापुर जाँदा नेपालले दिएको स्वास्थ्यलाभको शुभकामनासमेत स्वीकार गर्न मानेनन् ।

बरु ‘तपाईंले मेरो मृत्यु चाहनुभएको छ’ भनेर उल्टै अपमान गरे । राजनीतिक नियुक्तिहरूमा नेपालका तर्फबाट नाम माग्ने र उनको सिफारिसविपरीतको निर्णय गरेर अर्का नेतालाई नेपालविरुद्ध भड्काउने काम ओलीबाट बारम्बार भयो । ‘एकपटक राजदूत नियुक्तिको कुरा भयो, ओलीजीले नाम माग्नुभयो, मैले तीन जनालाई प्राथमिकताका आधारमा सिफारिस गरें,’ नेपालले भनेका छन्, ‘पछि ओलीजीले तेस्रो नम्बरमा नाम भएकालाई राजदूत सिफारिस गर्दै उनलाई बोलाएर भन्नुभएछ, माधव नेपालले तपाईंलाई तेस्रो नम्बरमा सिफारिस गरे । उनले भलाइ नै चाहन्नन्, मेरो गुटमा आउनुस् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य – सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो ।सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शंकर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बलियो भएका छन्।एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् ।

नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
पूर्व एमाले एमालेमै फर्किए, पूर्व माओवादी पनि एमालेमै रहने३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपाईंहरूलाई सहजता के गर्दा हुन्छ ?’गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए। ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्