Monday, June 14

आफ्नो नाम नभएपछि उपाध्यक्षले फुटाइदिइन् पुलको शिलालेख, मार्करले लेखिन् आफ्नो नाम

June 11, 2021 33

नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै एक जना गाउँपालिकाकी उपाध्यक्षले शिलालेख नै फुटाएर आफ्नो नाम मार्करले लेखेकी छन् । रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले यस्तो गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै रिसाएकी उपाध्यक्षले फुटाएर मार्करले आफ्नो नाम थपेकी छन् ।

वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको हो। तर उपाध्यक्षको नाम शिलालेखमा थिएन । उनी आफ्नो नाम नराखेको भनेर रिसाइन् । उपाध्यक्ष कलवारले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखेकी छन्।

यो पुल कूल ७२ लाखको लागतमा निर्माण भएकोगाउँपालिकाले जनाएको छ । २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शिलान्यास गरेका थिए। शिलान्यास र उद्घाटन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार असन्तुष्ट थिइन्। आफ्नो नाम पनि शिलालेखमा हुनुपर्ने कलवारको भनाई छ । सरकारी लगानीमा बनाइएको पुलमा आफु सहित अन्य जनप्रतिनिधिको पनि योगदान रहेको भन्दै त्यसको कदर हुनुपर्ने उनको भनाई थियो ।

‘शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उपभोक्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन ? उनको प्रश्न छ । उनले पुल उद्घाटनमा आफुलाई जानकारी समेत नगराइएको भन्दै गुनासो गरेकी छन् ।

प्रतिकृया दिनुहोस्