Saturday, June 19

पारस र हिमानी पुत्रि पूर्णिकाले बाबु पारसको तारिफ गर्दै भनिन् ‘बुवाले देशको लागि ठूलो योगदान दिनुभएको छ’

June 9, 2021 98

पूर्व युवराज पारस शाह आफ्ना कारण बाहेक पनि पत्नि हिमानी शाह र छोरा छोरीहरुका कारण पनि बेला बेलामा मिडियामा छाउने गर्छन् ।कहिले थाई प्रेमीका कन्निकाका कारण त कहिले सोनिका रोकायाहरुका कारण मिडियामा छाउँदै आएका पारसलाई जेठी छोरी आफ्ना बाबु पारसले देशका लागि ठूलो योगदान गरेको उल्लेख गरेकी छिन् ।

सामाजिक संजाल इस्टाग्राममा आफ्नो धारणा राख्दै पूर्णिकाले भनेकी छिन् ‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । भिडियोमा उनको जिब्रो पूर्ण रुपमा लरबराएको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेको भिडियो टिकटक र युट्युबमा भाइरल बनिरहेका छन् ।

पूर्णकाले अगाडी भनेकी छिन् यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’ उनले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने भएका कारण मानिसहरुले अर्कै नजरले हेर्ने गरेको समेत बताइन् । उनले भनिन् ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ ।

यो पनि हेर्नुहोस्,आउँदो भदौमा कांग्रेसको महाधिवेशन हुन्छ, भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नगरौँ : सभापति देउवा – प्रतिपक्षी दल नेपाली कांग्रेसले आउँदो भदौमा कांग्रेसको १४ औँ महाधिवेशन हुने बताएका ख छन् । आज बुधबार एक विज्ञप्ती जारी गर्दै तोकिएको समयमा नै पार्टीको महाधिवशेन हुने जानकारी गराएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ , ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ । महाधिवेशन पार्टीको जिवन्तताका लागि महायज्ञ भएको बताएका सभापति देउवाले विज्ञत्तीमा भनेका छन्, पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएकोले पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

असार र साउनमा भरिमा सबै तयारी गरेर भदौमा महाधिवेशन हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्’ विज्ञप्तमिा उल्लेख गरिएको छ । पार्टीको महाधिवेशनको विषयलाई लिएर कोही भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्