Wednesday, June 16

सबिता भण्डारीले न्याय नपाउदै भक्तपुरमा फेरी घट्यो यस्तो घटना (भिडियो सहित)

June 9, 2021 83

मैले कहाँ गएर न्याय पाउनु ? अहिले सम्म मेरो छोरोका अत्तोपत्तो छैन । एउटै छोरा थियो । धेरै जना थिए । केही मान्छेको आवाज सुनेकाले उनीहरुलाई चिनेकी छु । अहिले सम्म घटना भएको यति समय भइसक्यो तर कसैले मेरो कुरा सुनेन ।मेरा दिदी बहिनी सबै बाहिर हुनुहुन्छ, सबैलाई सोध्नुहोस् म कस्तो महिला हो ? सबै मिलेर मलाई यस्तो बनाए । मेरो मोवाइल र पैसा पनि हराएको छ । मैले मोवाइल हरायो भन्दा तँ खातेसंग पैसा र मोवाइल हुन्छ ? तैंले झुटो बोलिस् भनेर प्रहरीकै अगाडी यस्तो भनिन् ।

भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्तीमा एक महिला माथि भएको यो घटनाले अहिलेको २१ औं सताब्दीमा पनि यस्तो अकल्पनिय सोँच मानिसमा हुन्छ भन्ने देखाइएको छ । मुना नाम गरेकी यि महिलालाई बो क्सीको आरोपमा या त ना दिइयो । उनलाई सोही बस्तीका एलिसा गुरुङ, केही आमा समुहका महिला र पुरुष आएको बताएकी छन् । फुलमाया तामाङ विरामी भएकी थिइन् । उनलाई मुनाको घरमा ल्याएका थिए ।

फुलमाया पनि काम्ने गर्थिन, मुना आफु पनि झारफुकको काम गर्ने गरेको बताउँछिन् । उनले फुलमायाको घरमा गएको बेलामा आफुमाथि यस्तो घटना भएको बताइन् । आफ्नो चेलाले घटनावारे जानकारी गराउन घरमा आए । त्यसपछि मुनाको छोरा गाउँलेलाई सम्झाउन थाले । छोरालाई पनि त्यसैगरी जाइलागे । अहिले छोरा सम्पर्कमा नभएको उनले बताएकी छन् ।

यो पनि हेर्नुहोस,धनगढीमा भूमिहिन सुकम्वासीलाई जग्गा वितरणका लागि नाप नक्सा सुरु – धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम सुरु गरेको छ । मंगलबार उपमहानगरपालिकाकको वडा नं ९ बंग्राबाट स्थलगत नापनक्साको काम सुरु गरेको हो । नगरप्रमुख नृपबहादुर वडले प्राविधीक कर्मचारीहरु नापनक्साका लागि स्थलगत रुपमै खटाईएको बताए ।

समयमै नापनक्साको कार्य सम्पन्न गरेर चाडै लालपूर्जा वितरण गरिने छ नगरप्रमुख वडले भने, कोरोना कहर नभएको भए अहिले सम्म भूमिहिन र सुकम्वासीहरु र अब्यबस्थीत बसोवासीहरु जग्गाधनी भैसक्थे । भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलनका लागि छुट्टै लगत सकलन इकाई स्थापना गरेको छ । सयममै चुस्त दुरुस्त काम सम्पन्न गर्नका लागि स्थानीयको सहयोग आवश्य छ नगरप्रमुख वडले भने, बास्तविक भूमिहिनहरु यो अवसरबाट बन्चीत हुनु हुदैन भनेर सबैले रचनात्मक सहयोग गर्नुपर्छ ।

स्थलगत नापनक्साको कार्यमा वडाका जनप्रतिनीधिहरुले सहजीकरण गरिरहेको नगरप्रमुख वडले बताए । धनगढी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष प्रेम भण्डारीले वडा नं ९ मा स्थलगत नापनक्साको काम बिहानै देखि थालिएको बताए । उनले भने, गर्मीमा पनि प्राविधिकहरु फिल्डमा खटिएर काम गरिरहेका छन् । कुनैपनि भूमिहिन र सुकम्वासीहरु जग्गाधनी पूर्जा पाउनबाट छुट्नु हुदैन भन्ने हो वडा अध्यक्ष भण्डारीले भने, ‘ त्यसैले सबैको सहयोग समन्वय आवश्यक छ ।’

भूमिहिन र सुकम्वासीहरुलाई जग्गाधनीपूर्जा दिने कुरो चुनावी घोषणापत्रमा नै राखेको बताउदै भण्डारीले भने, ‘त्यो कार्यकाल भित्रै पुरा गर्ने छौं । जग्गा हस्तान्तरणको प्रकृया थाल्नका लागि भूमिहीन सुकम्वासी र अब्यबस्थीत बसोवासीको पहिचान, लगत संकलन र प्रमाणिकरणको सबै काम उपमहानगरपालिकाको सुकम्वासी लगत संकलन इकाई कार्यालयबाट भैरहेको छ । ऐलानी र प्रति जग्गामा बसेकाहरुलाई उप–महानगरपालिकाले सबै सेवा सुविधा दिएर पनि करको दायरमा ल्याउन सकेकाले लालपूर्जा वितरण पछि करको दायरामा ल्याउन सक्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्