Friday, December 3

सूर्य थापा भन्छन् ‘अब बरु कांग्रेससँग एकता होला, माधव नेपालसँग हुँदैन तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ’

June 8, 2021 98

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता हुने सम्भावना सकिएको बताएका छन् हिजो साँझ पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समुहले पार्टी अध्यक्ष केपी ओलीले राखेको ६ बुँदे प्रस्ताव अस्विकार गर्दै संसद विघटन फिर्ता अघि सारेपछि सल्लाहाकार थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालको गुटसँग एकताका नहुने बताउँदै तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छभन्दे नेपाल समुहलाई भनेका छन् । नेपालको यस्तो शर्तले ओलीसँग होइन ,देउवाको काँग्रेससँग हुन्छ भन्दै अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिसलाई अब छाडौँ समेत थापाले भनेका छन । । थापाले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले लेखेका छन् , अब जेठ२को रटानको अध्याय सकिएको छ।माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला।तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो १अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं

यो पनि पढ्नुहोस्,नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८,००० नाघ्यो – नेपालमा विगत २४ घण्टामा ५,१५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मङ्गलवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार थप १०८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उल्लेख छ।

कुल १७,६७६ वटा नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्। थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ। अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन्।

कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्। अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,०९८ पुगेको छ। मन्त्रालयका अनुसार अहिले मृत्यु पुष्टि भएका मानिसको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएको शवको सङ्ख्या पनि समाविष्ट छ।

अहिले काठमाण्डूमा ११,४२३ जना, ललितपुरमा ३,४५४ र भक्तपुरमा ४,५०१ जनामा सक्रिय सङ्क्रमण छ। देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७६,५५० जना घरमै, ६,१८६ जना संस्थागत आइसोलेशनमा र बाँकी अस्पतालमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा छन्। बीबीसी

प्रतिकृया दिनुहोस्