Tuesday, October 26

गलत हेडलाइन प्रती क्षमा याचना माग्दछौ क्लासिक खबर नेपाल परिवार

June 8, 2021 261

महामारीको समयमा विभिन्न जिल्लामा दुखद् घटना भएका छन् । धेरै ठाउँमा एउटै परिवारवाट धेरै ब्यक्तिले संसार छोडेका छन् । झापामा पनि एक जोडीले एक सातामै महामारीका कारण संसार छोडे । तर सो समाचारलाई विभिन्न मिडियामा फरक ढंगले प्रस्तुत गरिएको भन्दै आफन्तले दुख ब्यक्त गरेका छन् ।

छोरा र छोरी अष्ट्रेलियामा, नेपालमा एक्लै बसेका आमाबुवाको मृत्यु , बिरामी पर्दा स्याहार्ने कोही भएन भन्ने शिर्षक राखेर आएको समाचार प्रति परिवारका सदस्यले आपत्ती जनाएका हुन् । बिर्तामोड १ निवासी गणेश बस्नेत र संगीता बस्नेतको निधन भएको घटनालाई मिडियामा यसरी प्रस्तुत गरिएको थियो ।

परिवारले एक सूचना जारी गर्दै दुखमा परेकाहरुलाई थप दुख दिने गरी आएका हेडलाइन सच्याउन आग्रह गरेको छ । अपिलमा भनिएको छ, खेद प्रकट न्यायका लागि अनुरोध ञछोरा र छोरी अष्ट्रेलियामा, नेपालमा एक्लै बसेका आमाबुवाको मृत्यु , बिरामी पर्दा स्याहार्ने कोही भएनझ भन्ने आपत्तिजनक शीर्षक राखेर हाम्रा अग्रज अभिभावक बिर्तामोड १ निवासी गणेश बस्नेत र संगीता बस्नेतको स्वार्गारोहणको दुस्खद् घटनालाई भिभिन्न अन्लाईन सञ्चारमाध्यममा आएका आधारहिन र भ्रामक समाचारप्रति बस्नेत परिवारको गम्भीर ध्यानाकर्षण भएको छ ।

आधारहिन समाचारबाट दुस्खको क्षणमा पीडामाथि पीडा थप्ने कार्य भएकोमा त्यस्तो समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमप्रति खेद प्रकट गर्दछौं । कसैको विषयमा समाचार लेख्दा सम्वन्धित परिवार तथा आधिकारिक व्यक्तिलाई सोधेर , पुष्टि गरेर मात्र लेख्न सम्वन्धित सबैमा सचेत गराउदै गलत गर्नेलाई दण्डित गर्न र न्यायका लागि प्रेस काउन्सिल नेपाल लगायत सरोकारवाला निकायमा आग्रह गर्दछौं । समस्त बस्नेत परिवार / बिर्तामोड १

(हाम्रो मिडिया क्लासिक खबर नेपालमा यो समाचार प्रकाशन गरिएको थियो । विभिन्न राष्ट्रिय पत्रिकामा आएको समाचारमा छोराछोरी अष्ट्रेलियामा रहेको उल्लेख भएबमोजिम त्यस्तो हेडलाइन रहन गयो । पीडित परिवार प्रति पर्न गएको थप पीडा प्रति क्षमा चाहन्छौं क्लासिक खबर नेपाल परिवार)

प्रतिकृया दिनुहोस्