Sunday, September 19

संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा २२ घण्टाको फरकमा बाबु छोराकै मृत्यु, गाउँ नै शोकमा डुब्यो

June 8, 2021 87

कोरोना भाइरस संक्रमणबाट इलाम नगरपालिका सिङफ्रिङमा एकै दिन बावुछोराकै मृत्यु भएको छ। साविक इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । २४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ।

छोरा नारायणको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । १९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु गरिएको थियो ।

कोरोना संक्रमण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृत्यु भएको हो। संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुन्। छोराको मृत्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिए।

यो पनि हेर्नुहोस् – कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ। महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ। एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने। दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता।

विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरेको तर्क गर्छन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन्। ‘सरकारले कर्तव्य पूरा गर्ने हो। त्यसपछि नागरिकलाई पनि आफ्नो कर्तव्य सम्झाउने र पालना गर्न लगाउनुपर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकसमेत रहेका डा. मरासिनी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर )को रणनीति बनाए पनि कार्यान्वयन नगरेको डा. प्याकुरेको भनाइ छ।

‘राज्यको अधिकार र कर्तव्यसँगै जनताको पनि अधिकार र कर्तव्यको कुरा आउँछ। राज्य र जनताबीचको कर्तव्यबीच नै सामञ्जस्यता भएन। आपसमा मेल खाएन’, डा. प्याकुरेल भन्छन्। निषेधाज्ञा गर्नु सरकारको अधिकार भए पनि ‘६ टी’को रणनीति कार्यान्वयन र खोपको व्यवस्थापन सरकारको कर्तव्य भएको उनी बताउँछन्। ‘सरकारले कर्तव्य निभाउँदै निषेधाज्ञा पनि लगाएको भए जनताले वाहवाही गर्थे। निषेधाज्ञाको पनि विरोध नगरी पालना गर्थे’, उनी भन्छन्, ‘जनताले पनि सरकारले भने झैं जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्नु कर्तव्य हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्