Friday, June 25

कलाकार इकुको आश्रममा पुग्दा बिजोग देखियो,१४ जना बच्चालाई के खुवाउने ? इकु ऋणमा डुबे (भिडियो हेर्नुस)

June 7, 2021 85

आफ्नो लागि जिन्दगी त जो पनि बांच्छ, अरुको लागि बांच्न सके मात्रै जिन्दगी सार्थक हुन्छ । हास्य कलाकार सुलेमान शंकर इकु पनि यहि सोच्छन् अनि उनले जिन्दगी त्यसैगरी चलाएका छन् । मुलपानीमा रहेको इकुको यो सुन्दर घर, अनि घरको नाम, स्नेह आश्रम । स्नेह आश्रम, जहां दर्जनौं नानी बाबुहरुको भविष्य फुल्दैछ । दर्शकबृन्द, घर परिवार बिहिन, आमा बुवा बिहिन र बिभिन्न समस्याले परिवारबाट टाढा रहेका बाल बालिकाहरुलाई इकुले बुवाको भुमिका निभाउंदै यो पुण्य काम गर्दै आएको ६ बर्ष बितिसक्यो ।

इक्ुको यो कामलाई हाम्रो पनि सम्मान । कलाकारिताबाट आएको पैसाले हालसम्म यि नानी बाबुहरुको रेख देख गरिरहेका छन् । बासस्थान, खाना, कपडा, शिक्षाका लागि इकु एक्लैले यो काम गर्न गाह्रो पनि भैरहेको उनले बताए । यदि सबै नेपालीको साथ र सहयोग भैदिए । नानी बाबुहरुले मिठो खान पाउंथे अनि राम्रो स्कुलमा पढ्न पाउंथे । इकु सबै मांझ सहयोगका लागि अनुरोध गर्दछन् । लकडाउनको यो समयमा शिशिर भण्डाी इकुको आश्रममा सहयोग लिएर पुग्दा इकुले आफ्नो समस्याहरु बताए । १४ जना नानीहरुलाई पाल्नलाई इकुलाई गाह्रो छ । आफुले बिभिन्न कार्यक्रमहरुबाट कमाएको पैसाले नपुगेर इकुले ऋण लिएका छन् । इकु भन्छन्, नानी बाबुहरुको लागि घर बनाउन नसक्ने भएँ । भिडियो हेर्नुस

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्