Tuesday, September 21

एकहप्ताको अन्तरालमा कोरोनाबाट श्रीमान् श्रीमतीको मृत्यु, भएका ३ छोराछोरीले अनुहार सम्मपनि देख्न पाएनन्

June 6, 2021 102

एक दम्पतिको हप्ता दिनको अन्तरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनीहरुको मृत्यु भएको हो । झापा बिर्तामोडमा श्रीमानको मृत्यु भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको गत शनिबार मृत्यु भएको थियो ।

उनको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । श्रीमानको निधन भएको एक सातापछि हिजो शनिबार श्रीमती ५६ बर्षीया संगीता बस्नेतको मृत्यु भएको छ । बस्नेतको उपचारको क्रममा दिउँसो मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

पहिला श्रीमान गणेशबहादुरलाई काठमाण्डौ जाँदा संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको हुन सक्ने बस्नेतले जानकारी दिए । बस्नेत दम्पतिका एकजना छोरा र दुई छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्