Monday, October 18

रवि लामिछाने पत्नी निकिता पौडेलले गरिन् चलचित्र प्राविधिकलाई खाद्यान्न सहयोग

June 6, 2021 296

काठमाडौं- चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा फिल्म निर्मात्री तथा रवि लामिछाने पत्नी निकिता पौडेलले आर्थिक चपेटामा रहेका चलचित्र प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका छन् । बिहीवार निकिताले १८ जना प्राविधिकलाई खाद्यान्न सहयोग गरेकी हुन् । निकिताले प्राविधिकका लागि राहत दिएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।

उनले निकिताले १८ प्राविधिकलाई सहयोग गरेको धन्यवाद समेत दिएका छन् । निकिताले खाद्यान्न वितरणपछि पौडेलले प्राविधिकलाई सबैले सकेको सहयोग गर्न आग्रह समेत गरेकी थिइन् । यस अघि करिश्मा मानन्धर, कलाकार तथा क्याप्टेन विजय लामा, अभिनेत्री सुमिना घिमिरेले स्वस्तिमा मड्का लगायतले नि प्राविधिकहरूलाई खाद्यान्न सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्