Tuesday, October 26

शिक्षकले छात्रालाई कक्षामै यस्तो गरेपछी युवतीले सहन नसकेर घर छाडिन, छोरी खोज्न देश,बिदेश,ज्योतिशि, प्रहरीकोमा धाएर ११ बर्ष बिताए बुवा आमाले (भिडियो सहित)

June 6, 2021 232

२०६६ साल बैशाख २२ गते कक्षा १२ को अर्थशास्त्रको परिक्षा दिन भनि घर बाट बिहान ६:३० बजे कलेज गएकी दमक साविक १३ हाल ८ नं. बस्ने कस्तुरी भण्डारी अहिले सम्म घर फर्किएकी छैनन् । उनले पढ्ने कलेज मा नभएर अर्को कलेजमा उनको परिक्षा केन्द्र परेको थियो ति दुइ कलेजको अस्वास्थ्य प्रतिस्पर्दा भएको कुरा उनि हराए पछि थाहा पाईयो ।

जसरी हुन्छ अरु कलेज बाट अाउने बिध्यर्थिहरुको गल्ती कम्जोरी देखाएर अाफ्नो कलेज नं. वान छ भन्ने सान देखाउने गलत उधेश्य लिएर गरीएको ब्यबहारको परिणामले अाज एक जनाको जिवन त बर्वात भयो नै एउटा परिवार नै तहसनहस बनायो । उक्त परिक्षामा त्यसै कलेजको प्रिन्सिपल केन्द्राध्यक्ष थियो उसको नियत जसरी पनि बाहिर बाट अाउने बिध्यार्थि लाई गलत , कम्जोर , अनुशासनहिन छन भन्ने कुरा हरु देखाउनु थियो ।

माईती नेपाल र अन्य बिभिन्न संघ सस्थाको सहयोग लिएर नेपाल भारत सिमामा चेक जाँच तथा छेक थुन गर्ने काममा सहयोगको लागी काकडभिट्टा , बिराटनगरको रानि तथा बिरगंज जस्ता ठाँउमा अपिल गरीयो । त्यस समयमा संचालित टि भि , रेडियो , एफ् एम तथा बिभिन्न पत्र पत्रिका , भित्ते पम्प्लेट को माध्यम बाट पनि खोजि कार्य भयो ।

मानिस नै साईकल , मोटराईकल तथा गाडी बाट यात्रा गरी बिभिन्न ठाउमा पुगेर खोज्ने काममा कुनै कसर बाँकी छोडीएन । त्यस पछिका दिनमा धामी , झाँक्री अाफु लाइ स्वघोषित माता हुँ बाबा हुँ ज्योतिष हुँ भुत भिबिस्य बर्तमान सबै देख्छु त्रिकालदर्शी हुँ भन्ने हरु सग पनि नेपाल तथा भारतका बिभिन्न ठाउमा गएर हेराउने र उनि हरुले भनेको कर्म गर्ने गराउने काम मा पनि कुनै कसर बाँकी राखिएन । कसैले देखेमा हामीलाई ९८१७०७०१६२/ ९८६३६२२८२३ नम्बरमा सम्पर्क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्