Friday, June 25

केपी ओलीले सरकारमा भारतका दलालहरु ल्याए भन्दै गर्जिए माधव नेपाल

June 5, 2021 122

नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू सरकारमा हालीमुहाली भएको आरोप लगाएका छन् । शनिबार आफूनिकट जिल्ला पदाधिकारीसँगको छलफलमा नेता नेपालले त्यस्तै गम्भिर ारोप लगाएका हुन् । भर्चुअल छलफल बोल्दै उनले ओली सरकारमा सहभागी भएका मधेसी नेताहरुमाथि उक्त आरोप लगाए ।

सो अवसरमा उनले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । उनले केपीको भारतसँगको साँठगाँठ पनि प्रष्टै रुपमा देखिएको भन्दै यसले मुलुकलाई राम्रो नगर्ने पनि दाबी गरे । उनका अनुसार ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् ।अब, आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्ने पनि उनले बताए ।

उनले भने, ‘हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।’ भर्चुअल सम्बोधनका क्रममा नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ पनि नेता नेपालले आफ्नो भनाइ राखेका छन् । उनले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’

प्रतिकृया दिनुहोस्