Saturday, June 19

हामी ओलीसंग आत्मसमर्पण गर्न होइन, एकता मार्फत पार्टी कब्जा गर्न वार्तामा गएका हौं : योगेश भट्टराई

June 4, 2021 87

नेकपा एमालेको माधव नेपाल पक्षका नेता योगेश भट्टराई लगायत दोस्रो तहका नेता संस्थापन पक्षसंग वार्तामा छन् । उनीहरु पार्टी एकताको लागि पहल भन्दै लागिरहेका छन् । तर उनीहरुको सो काम माधव पक्षकै नेताहरुलाई मन परेको छैन । विहिवार र शुक्रवार भएको सो एमाले वरिष्ठ नेता माधव नेपालपक्षीय केन्द्रीय सदस्यहरूको बैठकमा संस्थापन पक्षसंग वार्तामा रहेका नेताहरुका बारेमा टिप्पणी भयो ।

औपचारीक रुपमा गठन गरिएको वार्ता समितीका संयोजक भिम रावललाई नै संस्थापन पक्षले साधारण सदस्य समेतवाट निष्कासन गरिसकेको अवस्थामा वार्ता गर्नु उचित नभएको भन्दै आलोचना भयो । शुक्रवार बसेको भर्चुअल बैठकमा नेता भट्टराईले त्यसको जवाफ दिएका छन् । शुक्रवार ओली समुहसंग वार्तामा रहेका भट्टराई र गोकर्ण विष्टले धारणा राखेका हुन् ।

उनले आफुहरु वार्ताका माध्यमवाट पार्टी कब्जा उद्देश्य अनुरुप ओली समुहसंग वार्तामा गएको स्पष्टिकरण दिएका छन् । उनले आफुहरुको एकता कायम राखेर पार्टी कब्जा गर्ने आफुहरुको प्रयासलाई आत्मसमर्पण भन्न नमिल्ने तर्क गरेका छन् ।

उनले केपी ओली पक्षसँग गरिएको वार्ता जेठ ३ को अवस्थामा पार्टीलाई पुर्‍याउनका लागि आफुहरुको प्रयास भएको बताएका छन् । पार्टी एकता कायम राख्नु आफुहरुको उद्देश्य रहेकाले सोही कुराको पालनाका लागि आफुहरु वार्ताका लागि गएको बताएका छन् । उनले ओलीको ओलीको स्वेच्छाचारिता स्वीकार गर्न आफुहरु नगएको र आत्मसमर्पपण नगरेको पनि स्पष्टि पारेका छन् । उनले भनेका छन्,विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी कब्जा गर्नका लागि हो।’

प्रतिकृया दिनुहोस्