Monday, June 14

गर्भवती प्रियंका र ऋचा एकअर्कोको बेबी बम्प सुम्सुम्याउदै गरेको भिडियो समाजिक संजालमा भाईरल (भिडियो)

June 1, 2021 99

नायिका प्रियंका कार्की र ऋचा शर्मा गर्भवती अवस्थामा छन् । उनीहरुले केहि समयअघि आफूहरु गर्भवती भएको सामाजिक संजालबाट सार्वजनिक गरेका थिए । प्रियंका र ऋचा शर्मा मिल्नसार साथी हुन् । उनै प्रियंका र ऋचा गर्भवतिमा रमाईरहेको भिडियो सार्वजनिक भएको छ ।

गर्भवती हुँदा के कस्तो महशुश हुन्छ र आफूहरुलाई अहिले कस्तो भइरहेको छ भन्दै दुईजनाको भलाकुसारी ऋचा शर्माले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् । उक्त भिडियोमा एकअर्कोले बेबी बम्प छामिरहेको देख्न सकिन्छ ।

प्रियंकाले ऋचाको पेट समात्दै माया गरेकि थिइन् भने ऋचाले छिट्टै बच्चा देख्न पाइने भन्दै हसिमज्जाक गरिन् । प्रियंका कार्कीलाई नेपाली फिल्मी क्षेत्रमा सबैभन्दा रमाउने नायिकाको रुपमा हेरिन्छ । उनी हरेक पलमा रमाइरहेकि छिन् ।

पछिल्लो समय उनको ब्याचलर्स पार्टी होस् वा हनिमुन पार्टी, हरेक क्षणमा प्रियंकाले भरपुर रमाइलो गरेकि छिन् । उनको श्रीमान् आयुष्मान देशराज जोशी पनि प्रियंका जस्तै बिन्दास छन् । सम्भवतः प्रियंका र आयुष्मान नेपाली फिल्म क्षेत्रको सर्वाधिक रुचाईएको जोडी हुन् ।

ऋचाले केहि समयअघि मात्रै आफू गर्भवति भएको सार्वजनिक गरिन् । फूलमा पानी हाल्दै गरेको तस्बिर सार्वजनिक गर्दै ऋचाले आफू गर्भवति भएको जानकारी दिइन् । कमेडि च्याम्पियनको जज्का रुपमा देखिदै आएकि ऋचा फिल्ममा भने खासै चल्न सकेकि छैनन् ।

प्रतिकृया दिनुहोस्