Saturday, June 19

कोरोना जितेर घर फर्के पछि निर्देशक लामिछानेले भने ‘आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ तर सरिता जस्तो श्रीमती पाएकोमा भाग्यमानी छु’

June 1, 2021 118

चलचित्र निर्देशक ऋषि लामिछानेले कोरोना जितेका छन् ।उनले सामाजिक संजाल मार्फत कोरोनालाई जितेको जानकारी दिएका हुन् ।हार्दिक आभार’ शीर्षकमा एउटा स्टाटस पोष्ट गरेका लामिछानेले अस्पतालबाट स्वस्थ्य भएर घर फर्किएको एक साता भएको बताएका छन् ।लामिछानेले लेखेका छन् ।मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै व्यक्तित्वहरुमा नमन ।

अरुसँंग लड्न सजिलो होला, तर आफ्नै जिन्दगीसँग लड्न गाह्रो हुँदो रहेछ ।’‘निमोनियाको औषधि खाँदैछु, अब एक महिना रेस्ट गर्नु पर्नेछ’ ‘लडे खिसी गर्ने र हिँडे खुट्टा तान्नेहरूको बिचमा उभिएका छौं हामी सबै । को आफ्नो को पराई, को नजिकको टाढा, कसले मन र मुटुबाट बोल्यो, कसले ठिक्क पार्यो, कसले माया गर्यो, कसले मायाको नाटक गर्यो ।

यो सबै देखे पनि, भोगे पनि । यस्ता सबैमा पनि आभार व्यक्त गर्दछु । त्यस्तै उनले उपचारमा सक्रिय डाक्टरहरु समेत धन्यवाद दिँदै धर्मपत्नीको रुपमा सरिता लामिछाने पाएकोमा आफू भाग्यमानी रहेको बताएका छन् । यस अघि सरिता लामिछाने र उनकी छोरीले पनि कोरोना जितिसकेका छन् ।

प्रतिकृया दिनुहोस्