Monday, September 20

भाइरल चियावालीले भनिन् ‘मेरो ८ वर्षको छोरा पनि छ, यसकारण मैले वास्तविकता लुकाए’ (भिडियो हेर्नुस्)

May 31, 2021 124

केही बन्छु भनेर काम गर्दै जान्छु तर मलाई खुट्टा तान्नेहरु आउँछन् । भाइरल चियावाली भनेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अतितका बारेमा विभिन्न कुरा पनि उठाइयो । उनको पहिलो विवाहका बारेमा सामाजिक सञ्जालमा एकाएक कुराहरु सार्वजनिक भएपछि उनी विचलित भइन् । उनले आफ्नो पहिलो विवाह वाट एउटा छोरा रहेको र त्यो कुरा आफुले लुकाउन खोजेको बताएकी छन् ।

छोराको भविष्यका लागि नै आफुले यो कुरा लुकाएको बताएकी छन् । आफु भाइरल भएपछि पूर्व पति र उनको श्रीमतीले आफुलाई सताएको उनले बताएकी छन् । भिडियोहरुमा उनीहरुले कमेन्ट गरेको देख्छु । ८ वर्षको छोरा छ मैले उसकै भविष्यका लागि लुकाएको हो । अहिले एउटा छोरीको भविष्यका लागि त यति धेरै संघर्ष गर्नुपरेको छ यस्तो अवस्थामा छोराको पनि भविष्य विग्रने ठानेर आफुले उनको बारेमा कुरा नगरेको बताएकी छन् ।

तर संघर्ष गरेर जिवन चलाएकै बेलामा आफुलाई सताउनेहरु पनि उत्तिकै बढेको उनको भनाई छ । आफ्नो अतित वारे अनावश्यक रुपमा खोतलेको भनेर उनी चिन्तित भएकी छन् । म चर्चित भएपछि यो अतितको कुरा पनि आउला भन्ने त लागेको थियो तर नचाहेरै पनि त्यो कुरा वाहिर आयो ।

मेरो अतित जो थियो उनीहरु आफ्नो जिवनमा अगाडी बढीसकेका थिए । त्यसैले मैले उनीहरुको नाम लिइन् । मेरो छोरा उसंग छ त्यसैले मैले उसको बारेमा केही भन्दिन, ३ वर्ष देखि मैले मेरो छोरालाई भेटेको छैन । उनीहरुकै सम्मानका लागि मैले मेरो अतित नखुलाएको हो, उनले भनिन् ।

प्रतिकृया दिनुहोस्