Tuesday, June 15

कुवेतमा नेपाली महिलाको अल्पायूमै निधन

May 31, 2021 80

हृदयघातको कारण कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलाको निधन भएको छ । बुद्धशान्ति धारागोला स्थायी निवासी मुना राईको मे २० तारिख निधन भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। केहि वर्ष अगाडी अवैध बाटो हुँदै कुवेत आएकी राईको मृत्युको जानकारी दूतावास आईसकेकोले सम्बन्धित निकाय र परिवार संग समन्वय गरि लाशलाई नेपाल पठाउने नेपाली राजदूतावासले जानकरी दिएको छ।

यैबिच कोरोना को संक्रमणबाट कुबेतमा १२ नेपालीको मृत्यु भएको छ । कुबेत दूतावासका अनुसार २०७७ साल बैशाख १ देखि २०७७ चैत ३१ गतेसम्म ५९ जना नेपालीको मृत्यु भएको छ । जस अनुसार कोरोनाका कारण ९ जना पुरुष र ३ जना महिला गरि कुल १२ जना नेपालीको मृत्यु भएको कुबेतबाट हरि बानियाँले जानकारी दिनु भयो।

रोजगारीको सिलसिलामा कुबेतको विभिन्न शहरहरुमा काम गरिरहेका ५९ जना नेपालीहरुको विभिन्न कारणले मृत्यु भएको छ ,जस अनुसार ३८ जना पुरुष र २१ जना महिला रहेका छन् । कुबेतमा एक बर्षको अबधिमा कोरोनाका कारण १२ जना नेपालीको मृत्यु भएको कुबेत दूतावासले जनाएको छ ।

नेपाल पर्याप्त मात्रामा रोजगारी नभएपछि युवाहरू रोजगारीको लागि बिदेश जान बा ध्य भ ए का छन् । नेपाल सरकारले युबाहरु रोजगारीको लागि अब बिदेश जानू पर्दैन स्वदेशमै रोजगार पाउछ भनेर ठुला ठुला सभाहरुमा भा षण गर्ने गरेको छ । तर यो सब सत्ता टिकाउने खेल र भाषणमा मात्र सिमित भएको छ ।

करिव ७० हजार भन्दा बढीको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घ टना , आ त्मा ह त्या, कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ। त्यसैगरी कुवेतको सेन्टरलको जेलमा ४९ जना रहेका छन।

प्रतिकृया दिनुहोस्