Friday, December 3

युबक ले युबतिलाई २० दिन विवाह गर्छु भनेर भगाए अनि हाम्रो जात मिल्दैन भनेपछी युबतिको बिजोक

May 31, 2021 163

सर्लाहीको विष्णु गाउँपालिकामा एक दलित परिवारी युवतीको विचल्ली भएको छ । वाड़ नः ७ दुलबाका स्थानिय किसनुदेव रायका छोरा सिवा राय यादबले सोहि गाउँपालिकाको मुसहर समुदायका युवतीलाई बिहे गर्छु भन्दै गएको वैशाख ५ मा गाउँबाट भगाए ।करिब २० दिन बाराको जितपुरमा युवा युवति युवा युवती संगै बसे ।

पीडित युवतीका अनुसार उनीहरुविच सहमतिमै शाररीक सम्पर्क भयो । ‘मलाई अब हामी विवाह गर्नुपर्छ भन्दै सिवाले भगाएका थिए । संगै बस्दा शारीरिक सम्पर्क पनि भयो ।’ युवतिले भनिन् ।२० दिन पछि सिवाकै सल्लाहमा राति ३ बजे गाउँ फर्के । गाउँ फर्केपछि सिवाले भने ‘तिमी मुसहर जातीको म यादव हाम्रो विवाह गर्न मिल्दै तिमी आफ्नै घर जाउ ।’

राजधानि दैनिकमा खबर छ । त्यसपछि युवति आफनै घर गइन् तर, आमा बुबाले स्वीकार गरेनन् । आमा बुवाले अस्विकार गरेपछि सिवाको घर गइन् । सिवाको परिवारले मुसहर जातीको दलित युवती भएको भन्दै घरभित्र पस्न दिएन । दाउरा राख्ने गोठमा बन्धक बनाएर राखे ।

प्रतिकृया दिनुहोस्