Tuesday, September 21

प्रचण्डसंग फर्केको २ दिन नहुँदै नेपालको ओलीलाई गलाउने यस्तो नयाँ रणनीति

March 10, 2021 145

सर्वोच्च अदालतको फैसलाले नेकपाको ओली समूह खुसी छ । ओली समूहमा रहेका तत्कालीन माओवादीका नेता रामबहादुर थापा लगायतलाई पनि संकट परेको छ । तर यी नेता सत्ता पक्षमा नै रहेकाले केही उपाय निकाल्ने योजनामा ढुक्क छन् ।तर प्रचण्ड नेपाल समूह अदालतको फैसलाबाट खुसी छैन । र फैसलापछि बढी दबाब प्रचण्ड नेपाल समूहमा लागेका तत्कालीन एमालेका नेतालाई परेको छ ।यो समुहका लागि एउटा विकल्प नेकपा एमालेमा नै फर्केर पद जोगाउने हुन सक्छ ।

अहिले प्रचण्ड नेपाल समूहमा रहेका माधव नेपाल सहित तत्कालीन एमालेका सांसद सँग रहेको पहिलो र सरल विकल्प भनेको एमालेमा फर्किएर अध्यक्ष ओलीसँग मिल्नु हो । तर त्यो संभावना निकै कम छ ।किनकी यो बीचमा उनीहरु यति टाढा पुगिसकेका छन् कि अब तत्कालै मिल्नका लागि कुनै पुल नै छैन । अदालतको फैसलापछि पनि सबैभन्दा बढी आरोप प्रत्यारोप ओली समूह र नेपाल समूहकै बीचमा चलिरहेको छ ।यसै क्रममा एमालेमा फर्किएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले वानेश्वरमा छुट्टै भेला गरेकाे छ ।

एमालेभित्रै रहेर ओलीविरूद्ध संघर्ष गर्ने निर्णय गरेका वरिष्ठ नेता नेपाल पक्षका नेताहरूले वानेश्वरमा छुट्टै भेला गरेका हुन् ।भेलामा यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै असन्तुष्ट बनेर प्रचण्ड समूहसँग सहकार्य गरिरहेका नेताहरू जम्मा भएका हुन् । भेलामा धेरै जसो केन्द्रीय सदस्य उपस्थित छन् ।नेपाल पक्षले अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन केन्द्रीय सदस्यहरूको भेला डाकेको हो । भेलालाई वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् भने अन्य नेताले सम्बोधन गर्ने क्रम जारी छ ।उता, एमाले फर्किएका नेतालाई भने अध्यक्ष ओलीले अहिलेसम्म भेटेका छैनन् ।

प्रतिकृया दिनुहोस्