Friday, December 3

स्व. श्रीकृष्ण श्रेष्ठको साथी कलाकार सँगम भण्डारी मिडियामा । श्रीको वास्तविक कथा बताउँदै श्वेता खड्कालाई यस्तो भनिन (भिडियो हेर्नुस)

March 10, 2021 340

नेपाली चलचित्र क्षेत्रकी पुरानो कलाकार हुन्, सँगम भण्डारी । रेडियो नेपालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो समयदेखि क्रियाशिल सँगम काभ्रेकी हुन् । परिवार समाजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौसला नदिने त्यो समय देखि यो समयसम्म क्रियाशिल सँगमले थुप्रै चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन् । तिलहरी चलचित्रबाट चलचित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नकारात्मक चरित्र पनि बहन गरेकी छिन् ।

केहि बर्ष बेलायतमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँगमले पछिल्लो समय चलचित्र मेरो हुने कहिले र झिगे दाउमा अभिनय गरिन । हिजोआजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँगको कुराकानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रिति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् । श्रीकृष्ण श्रेष्ठको मिल्ने साथीको रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहेलाई यसरी हेरिन् र यस्तो बताईन् । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्