Monday, June 14

‘गिरिजा र केपी ओली उस्तै हुन्, भोली ओलीको खोजी हुन्छ’ : शंखर पोखरेल

May 26, 2021 62

नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन् । विगतमा कोइरालाको खोजी भएजस्तै भविष्यमा ओलीको खोजी गर्नुपर्ने अवस्था आउने पोखरेलको दाबी छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाेखरेलले ओलीविरुद्ध पार्टीभित्र-बाहिरबाट घेराबन्दी र विरोध भइरहे पनि भोलि ओलीको खोजी हुने बताए ।

साथै अहिले प्रधानमन्त्री ओलीप्रति सहानुभूति बढ्न थालेको पनि पोखरेलको भनाइ छ । राष्ट्रिय राजनीति तरल भएपछि केही दिनयता काठमाडौंमा रहेका पोखरेलले ओलीलाई गिरिजासँग तुलना गर्दै पोखरेलले मंगलबार सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्ः

अहिले केपी शर्मा ओलीकाविरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाकाविरुद्धमा केन्द्रित थियो । त्यतिबेला उहाँको तीव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिँड्न लागिरहेको भान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्