Tuesday, October 26

वितेको २४ घण्टामा ८ सय बढी बालबालिका कोरोना सङ्क्रमित

May 26, 2021 319

बितेको २४ घन्टामा झण्डै ८ सय बढी बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज भेटिएका ८ हजार ६३६ सङ्क्रमितमध्ये बालबालिकाको संख्या ८५९ रहेको छ ।

आज ९ वर्षभन्दा मुनिका १८३ र १० देखि १९ वर्ष उमेर समूहका ६७६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । वैशाख २८ गते मङ्लबारको दिन ९३२ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो । बालबालिकाको उक्त संख्या अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो ।

कोरोनाको नयाँ भेरियन्ट देखा परेसँगै बालबालिकाहरुमा पनि सङ्क्रमण बढ्दै गइरहेको वैशाख १ गतेदेखिको तथ्याङ्कले देखाउँछ । पछिल्ला दिनहरुमा २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा बढी सङ्क्रमण देखिएको छ । संङ्क्रमण युवा उमेर समूहमा बढी देखिएता पनि कूल ज्यान गुमाउनेहरुमा ६० वर्ष नाघेकाहरुको संख्या बढी छ । मन्त्रालयको तथ्याङ्क हेर्दा कूल ज्यान गुमाउनेहरुमा ५५ प्रतिशतभन्दा बढी ६० वर्ष भन्दा माथिका व्यक्तिहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्