Friday, June 25

काम छोडेर फर्किएका पोखरेल अझै घर पुगेनन्, खोजी गरिदिन परिवारको अपिल

May 25, 2021 84

झापाको कनकाई नगरपालिका–३ सुरुंगाका एक व्यक्ति डेढ सातादेखि सम्पर्कविहीन भएका छन्। सुरुंगाका ३२ वर्षीय प्रवेशकुमार पोखरेल वैशाख ३० गतेदेखि सम्पर्कविहीन भएका हुन्।परिवारका एक सदस्यका अनुसार काभ्रेको बनेपास्थित माँ चण्डी इण्डष्ट्रिज प्रालिमा कार्यरत पोखरेल वैशाख ३० गते बिहीबारदेखि सम्पर्कविहीन भएका हुन्।

‘दाइ सम्पर्कविहीन हुनुभएको छ, प्रहरीलाई जानकारी गराइसकिएको छ, तर अझै पनि सम्पर्कमा आउनु भएको छैन, कतै फेला परेमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध छ,’ पोखरेलका एक आफन्तले भने । आफू कार्यरत कम्पनीबाट बिदा लिएर फर्किएका पोखरेल सम्पर्कविहीन भएपछि प्रहरीले विस्तृत अनुसन्धान शुरु गरेको छ। यसैबीच, परिवारका सदस्यले सम्पर्कविहीन पोखरेल कतै फेला परेमा मोबाइल नम्बर ९८०४९९१२२९ र ९८१७९६४८५९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्