Wednesday, June 16

तरकारी पसलसमेत बन्द गर्ने गरी काठमाडौंमा एक साता लकडाउन थप्ने तयारी

May 24, 2021 69

काठमाडौं उपत्यकामा कोरोना सङक्रमण केही मात्रामा घटे पछि सर्वसाधारणहरु घर बाहिर निस्कन थालेका छन् । तरकारी पसलहरुमा बाक्लो उपस्थिति हुन थालेको छ । सङक्रमण घटेसँगै आममानसमा डर पनि हट्दै गएको छ । यसरी नै भिडभाड हुदैँ गए कोरोना सङक्रमण झन् बढ्दै भन्दै प्रशासनले लकडाउन थप कडा गर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भइरहेको छ। दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो।‘अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प छैन,’ सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए।‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ,’ पराजुलीले भने।

प्रतिकृया दिनुहोस्