Friday, June 25

हाम्रो सम्मानित प्रधानमन्त्रीलाई ५ बर्ष सम्म प्रधानमन्त्रीबाट कसैले हटाउन सक्दैन भन्दै गरे ओलीको प्रशंसा (भिडियोसहित)

March 10, 2021 234

सर्वोच्चको फैसला पछि प्रचण्डको साथमा रहेका माधवकुमार नेपाल लगायतका नेताहरु एमालेमै रहने निर्णयमा पुगेका छन् । उनीहरुले एमालेमै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।सामाजिक सञ्जालमा निकै सकृय रहने र आफ्नै सरकारको चर्को आलोचना गर्ने नेता मध्य पर्छन भिम रावल । सर्वोच्चको फैसलाका कारण प्रचण्डको साथ छोड्ने इच्छा नहुँदा नहुँदै माधव लगायत उनको समुहमा रहेका नेताहरु एमालेमै रहने निष्कर्षमा पुगेका छन् ।उनी केपी शर्मा ओलीकै नेतृत्वमा रहेको एमालेको उपाध्यक्ष हुन् ।

उनले सर्वोच्चको निर्णयलाई स्वीकार गर्दै आफ्नो अभिब्यक्ति पनि सुधार गरेका छन् । उनले अब आफ्नो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । सर्वोच्चले पार्टीको नामका विषयमा फैसला गर्दै नेकपा ऋषि कट्टेललाई नै दिएको दिन सुरु भएको संसदको बैठकमा रावलले प्रधानमन्त्री ओलीलाई तपाई कुन पार्टीको भनेर प्रश्न गरेका थिए ।तर अहिले उनले एमालेको अध्यक्ष ओली नै हो भनेका छन् । त्यस दिन आफुले गरेको प्रश्न ओलीको लागि मात्र नभएर एमालेका सबै नेताहरुका लागि गरेको र त्यो आफ्ना लागि पनि लागू हुने रावलको भनाई छ ।

एमाले ओलीको मात्र नभएर आफु लगायत लाखौं जनताको बलिदानी र नेताको यागदानवाट एमाले स्थापना भएकाले ओलीको भन्न नमिल्ने उनको भनाई छ । त्यसैले हिँदो नेकपामा रहेका ओली पनि एमालेमा फर्किए जस्तै आफुहरु पनि एमालेमा फर्किएको उनको राय छ ।तपाईलाई म स्मरण गराउँछु । जुन÷जुन निर्णयहरूमा मैले भनेजस्ता व्यवहारहरु देखिए, जुन÷जुन निर्णयहरू पार्टीको विधिसम्मत देखिएनन । त्यहाँ÷त्यहाँ मैले त्यो प्रश्र उठाएको थिएँ । र अहिलेपनि म भन्छु । उहाँ नेकपाको नवौं महाअधिवेहनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

म पनि त्यही महाअधिवेहनबाट अत्यधिक मतले निर्वाचित उपाध्यक्ष थिएँ । उहाँ प्रधानमन्त्री हुँदा, म उपप्रधानमन्त्री भएको थिएँ । त्यसकारण उहाँ र मेरो लामो समय संगत भएको कुरापनि तपाईँ स्मरण गनुहोस् । कुरा के मात्रै थियो भने कतिपय विषयहरूमा हाम्रा मत–मतान्तर थिए । र त्यो मतमतान्तर तर चर्किदै यतिसम्म पुगेको थियो भने जहाँ तपाईले भनेका जस्ता शब्द प्रयोग गर्नुभएको थियो ।तर सर्वोच्च अदालतले फेरि नेकपा एमाले यथावत रहन्छ भनेपछि त हामी अब एक ठाउँमा जान्छौँ । हाम्रो नीति छन् । प्रणाली छन् । घोषणा छन् । सिद्धान्त छन् । विधि छन् । प्रक्रिया छन् । अब त्यो कुरामा अगाडि बढ्छौ । व्यक्तिगत रुपमा उहाँसंग मेरो केही पनि छैन । पार्टीको उहाँ अध्यक्ष हो । म उपाध्यक्ष हो । अरूपनि उपाध्यक्ष हुनुहुन्छ । हामी बृहत्त राष्ट्रिय हितलाई ध्यानमा राखेर अघि बढ्छौं ।

राजनीतिक प्रकृतिको फैसला सर्वोच्चको फैसला आएपनि सहमत हुने कुनै अवस्था नभएपनि आफुहरुले मानेको बताए । उनले सर्वोच्चको फैसलाले असफल भएको कोही हो भने ओली असफल भएको बताएका छन् ।उनले माओवादी केन्द्रसंग पार्टी एकता गर्दा ओलीको हस्ताक्षर रहेकाले उनी पनि असफल भएको बताएका छन् । उनले आफु सबै एमालेका नेता भएकाले पार्टीको नीति र नियम अनुसार अबको अध्यक्ष ओली हुन् र ५ वर्षका लागि प्रधानमन्त्री पनि उनी नै हुने बताएका छन् । उनले जस्तो सुकै परिस्थितीले एमालेलाई फुटाउन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस्