Wednesday, June 16

प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारवारे कतै उजुरी लाग्दैन, ४ जना मान्छेको अतृप्त भोगले अहिलेको अवस्था आयो

May 23, 2021 70

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दा अपनाएको आधारवारे कतै उजुरी नलाग्ने बतएका छन् । उनले त्यो राष्ट्रपतिको अधिकार भएको बताएका छन् ।आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताएका हुन् ।

‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।प्रधानमन्त्री केपी ओलीले संसद विघटन पछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । शुक्रबार मध्यरातमा हठात रुपमा प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले पत्रकारसँगको अन्तरक्रिया राखेका हुन् ।

ओलीले आफूलाई असफल पार्न विपक्षीले राष्ट्रपति समक्ष दूषित कागज पेश गरिएको आरोप लगाएका छन् । दलिय अनुशासन तोडेर व्यक्तिगत नाच नाचेको आरोप उनले लगाएका छन् । उनले आफ्ना विरोध गरिरहेका ४ जना नेताको अतृप्त भोगको महंत्वकांक्षले अहिलेको अवस्था आएको बताए ।

उनले देश र जनता प्रति इमान्दार रहनेहरुलाई आग्रह गर्छु केही मान्छेका लहडवाजीका लागि देशलाई बर्वाद हुन नदिउँ । उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका माधवकुमार नेपाल र जसपाका डा बाबुराम भट्टराईलाई संकेत गर्दै यस्तो भनेका हुन् ।

जो धेरै पटक प्रधानमन्त्री भइसकेका छन् उनीहरुको अतृत्व महत्वकांक्षले देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाए । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गरेका थिए । तर राष्ट्रपतिले दुबैको आधार नपुगेको भन्दै धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको बताए ।

प्रतिकृया दिनुहोस्