Wednesday, June 16

यी हुन् फ्लप फिल्म दिएर पनि चर्चामा रहिरहने हिट हिरोइन…

May 23, 2021 55

चलचित्रको सफलतासँग कलाकारको सफलता पनि जोडिएको हुन्छ । तर चलचित्र असफलताले केहि नेपाली नायिकाहरुमा भने खासै प्रभाव परेन । चलचित्र असफल भए पनि दर्शक माझ उनिहरूको अभिनयको तारिफ हुनेगर्छ । एक पछि अर्को चलचित्रमा असफल हुन्छ । तरपनि निर्देशकहरु चलचित्रमा लिनको लागि चर्को पारिश्रमिक दिन तयार हुन्छन् आज हामी तिनै नायिकाबारे चर्चा गर्दैछौ ।

ऋचा शर्मा – ऋचा शर्माको अभिनयको तारिफ हुनेगर्छ । तर, उनका चलचित्र हलमा लाग्छन तब दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन । पछिल्लो समय उनी चलचित्र ‘फिर्के’ र ‘घर’ विशेष भूमिकामा देखिइन् । ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर निराश बने ।

श्रृष्टी श्रेष्ठ – युवा पुस्ताले निकै रुचाएकी नायिका हुन् श्रृष्टी श्रेष्ठ । श्रृष्टीले सन् २०१२‎ की ‘मिस नेपाल बनेपछि उनी पुरै मोडेलिङमा छिरेकी थिइन् । सन् २०१६ मा आएको ‘गाजलु’ अनमोल केसीसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने चलचित्र सुपरहिट भएको थियो । श्रृष्टीको अभिनय र सुन्दरताको निकै चर्चा चलेको थियो । ‘बाँध मायाले, ‘पोइप¥यो काले’, ‘माछा माछा’ गरि लगभाग ५ देखि ६ वटामा देखिएकी छन् तर सबै फ्लप बने । चलचित्र असफल भएपनि उनको हातमा फिल्मको भने कमी छैन् ।

केकी अधिकारी – नायिका केकी अधिकारीलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ । उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनका चलचित्र त्यति सफल छैनन् । गतबर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिन् सकेके छन् । यसबिचमा ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र बन्यो तर यसमा पनि ‘छक्का पन्जाको टिमको’ नाम जोडेका छन् । केकी आफूलाई लक्की नायिका मान्छिन् किनभने आफ्नो २४ चलचित्र फ्लप भएपनि आफु कहिल्यै फ्लप भइनन् । उनको हातमा एक पछि अर्को अफर आएका हुन्छ । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ ।

शिल्पा पोखरेल – नायिका शिल्पा पोखरेल । पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोमाबाट मोडेलिङमा छिरिकी उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपट डेब्यु गरेकी थिइन् । उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् । उनि कुनै न कुनै कामबाट खाली हुनुपरेको छैन ।

निता ढुङ्गाना – निता ढुङ्गानाले सन् २०११ मा आएको नेपाली चलचित्र ‘किशन’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् । ‘म्सान’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘चाडै आऊ है’, ‘आई एम सरी’, ‘वार’, ‘नोटबुक’,’धुन’ लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा सफल भएका छैनन् । तर उनले नेपालि चलचित्र मात्र नभई भोजपुरी, हिन्दिमा चलचित्रमा पनि अभिनय गरेकी छन् । नितालाई लक्की नायिका पनि चिनीन्छिन् तर नितालाई एक पछि अर्को चलचित्रमा अफर आएकै हुन्छन ।

प्रतिकृया दिनुहोस्