Monday, September 20

विपक्षीले छलफल गर्दै गर्दा ओली र ठाकुरबीच भैसक्यो नयाँ सहमति: महतोको नेतृत्वमा ८ मन्त्रालयसहित जसपा सरकारमा जाने !

May 21, 2021 117

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय घर्किर्द जाँदा विपक्षी दलका नेताहरु अहिले छलफलमा जुटेका छन् । तर उता वालुवाटारमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षसंग नयाँ सहमति गरिसकेको खुलासा भएको छ ।

विहिवार साँझ नै प्रधानमन्त्री ओलीको निम्तामा वालुवाटार पुगेका महन्त ठाकुर र राजेन्द्र महतोबीच नयाँ सहमति भएको बुझिएको छ । उनीहरु प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यका लागि तयार भएका छन् । २१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएको बताइएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने भन्ने कुरामा लगभग सहमति भएको जसपाका एक सांसदले खुलासा गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफुहरुले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका कारण सरकारमा जान सहमति जनाएको ति नेताले बताएका छन् । केही विषय समाधान भइसकेको र केही समाधानको प्रकृयामा जाने प्रतिवद्धता ओलीले जनाएका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने कुरामा दुई पक्षको सहमति भएको बताइएको छ । सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय माग गरेको थियो, तर ओलीले ८ वटा मन्त्रालय दिने बताएपछि लगभग सहमति जुटेको ति नेताले बताए ।

प्रतिकृया दिनुहोस्