Tuesday, October 26

केपी होइन माधव नेपाल यसरि बन्दै छन् अबको नयाँ प्रधानमन्त्री, यसरि हुँदै छ सहमति

May 21, 2021 207

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । नेपालसहित बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफलमा जुटेका थिए।

त्यहाँ भएको सहमतीअनुसार आ–आफ्नो पार्टीमा छलफल गरेर सबै दल निर्णायक छलफलमा सहभागी भएका हुन्। बूढानीलकण्ठमा भएको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने र जसरी पनि वैकल्पिक सरकार गठन गर्ने पक्षमा दलहरुबीच मोटामोटि सहमति भएको बताइएको छ। दलहरुबीच माधव नेपाल नेतृत्वमा सरकार बनाउने सहमतिको नजिक पुगेका छन्।

कांग्रेस माओवादीसँग छलफल गरेका नेपालले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव आएपछि आफू निकटका नेताहरुसँग छलफल गरेका छन्। बूढानीलकण्ठमा भएको बैठकमा नेता नेपालले आफ्नो नेतृत्वमा सरकार बनाउन सहमति हुने हो भने आफूले एमालेका ३५ जनासम्म सांसदलाई आफ्ना पक्षमा ल्याउन सक्ने जानकारी गराएका थिए। विपक्षी दलहरूबाट आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आउनेबित्तिकै नेता नेपाल आन्तरिक छलफलका लागि बाहिरिएका थिए।

माओवादी र जसपाको यादव पक्षले पनि आन्तरिक छलफल गरेर सामूहिक छलफलमा जुटेका हुन्। केपी ओलीले विश्वासको मत नलिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै साँझसम्मको समय दिएकी छिन्। समयसीमाभित्रै सरकार गठनका लागि दाबी पेस गर्ने दलहरुको तयारी छ।

उता ओलीले पनि जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षसँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने बताएका छन्। जसपाको एक पक्ष ओलीसँग र अर्को पक्ष कांग्रेस–माओवादीसँग छलफलमा छन्।

प्रतिकृया दिनुहोस्