Tuesday, September 21

यी हुन् बलिउडका चर्चित ब्रेकअप…

May 21, 2021 89

बलिउडको केही यस्‍ता अधूरो प्रेम कथाहरू पनि छन् जसबारे अझै पनि कुरा भइरहन्छ । दुःखको कुरा चर्चा हुने यी जोडीहरूको सम्बन्ध खराब मोडमा समाप्त भयो। यहाँ उल्लेख भएका मध्ये एक जोडी बाहेक अन्यले संबन्ध सकिएपछि कुराकानी गरेका छैनन् ।

अक्षय कुमार र शिल्पा शेट्टी – एक समय अक्षय कुमार र शिल्पा शेट्टीको प्रेम ब प्यार पारवानमा थियो। त्यो समयमा अक्षय र शिल्पा चाँडै बिहे हुने समाचारहरु बाहिरिएका थिए । तर अक्षय आफ्नी श्रीमतीले फिल्ममा काम नगरोस भन्ने चाहन्थे भने शिल्पा आफूलाई सफल अभिनेत्रीको रूपमा हेर्न चाहन्थिन्। यस्तो अवस्थामा शिल्पा र अक्षयबीचको सम्बन्ध टुट्यो। त्यसपछि अक्षयले ट्विंकलसँग विवाह गरे भने । शिल्पाको विवाह राज कुन्द्रासँग भयो ।

करिश्मा कपूर र अभिषेक बच्चन – बलिउडका दुई ठूला परिवारहरू, कपूर र बच्चन सम्‍बन्धमा बाधिन गइरहेका थिए। सम्पूर्ण उद्योग अभिषेक बच्चन र करिश्मा कपूरको विवाहको बारेमा खुशी थिए। तर अचानक एकाएक यस्तो खबर आउन थाल्यो कि दुई र दुबैबीचको सम्बन्ध बिग्रिएको छ। यद्यपि यसको कारण कहिल्यै खुलाइएको छैन। पछि करिश्माले संजय कपूरसँग बिहे गरिन्। अभिषेकले ऐश्वर्या रायसँग विवाह गरे।

रणबीर कपूर र दीपिका पादुकोण – रणबीर कपूर र दीपिका पादुकोण बलिउडको सबैभन्दा चर्चित जोडीहरुमा गनिन्थे। दीपिकाले आरके (रणबीर कपूर) नामको ट्याटू पनि बनाएकी थिइन्। तर यो सम्बन्ध पनि विवाह नभइ ब्रेकअपमा परिणत भयो । दीपिकाको विवाह रणवीर सिंहसँग भयो, भने रणबीरको नाम हाल आलिया भट्टसँग जोडिएको छ । यद्यपि, अहिले रणबीर र दीपिकाबीच राम्रो सद्भाव छ ।

करीना कपूर र शाहिद कपूर – सन् २००४ मा शाहिद कपूर र करीना कपूर पहिलो पटक फिदा फिल्ममा सँगै देखिए। यस पछि, दुई बीचको मित्रता भयो र बिस्तारै मित्रता प्रेममा परिणत भयो। सबैलाई दुबैको जोडी मनपराए । दुई जनालेसँगै धेरै फिल्महरूमा पनि अभिनय गरे ।२००७ मा फिल्म जब वी मेटको शूटिंगको क्रममा दुईबीचको बिचको सम्बन्धमा दरार आउन थाल्यो र बिस्तारै यो प्रेम कथाको पनि अन्त्य भयो। यद्यपि यसको कारण कहिल्यै पनि खुलाइएन । करीनाले सैफ अली खानसँग विवाह गरिन् भने शाहिदले मीरा राजपूतसँग जोडिए ।

प्रतिकृया दिनुहोस्