Tuesday, September 21

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा,अनमोल को गेटप यस्तो हुने छ

March 9, 2021 266

अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र २०७८ साल भदौ १८ गतेबाट प्रदर्शन हुनेछ । नारी दिवसको दिन एक पोस्टर सार्वजनिक महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको हो ।यद्यपी यो चलचित्रको छायाँकन अझै सकिएको छैन । कोरोनाका कारण छायाँकन बिचैमा रोक्नु परेको थियो । निर्माण टिमले फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्ने जनाएको छ ।

अभिनेत्री झरना थापा निर्देशित चलचित्रमा झरना थापा र छेतेन गुरुङको कथा छ भने मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले निर्देशक थापा र गुरुङलाई पटकथा तथा संवाद लेखनमा सहयोग गरेका छन् । चलचित्रमा बसन्त सापकोटा, आशिष अविरल, प्रतिक पौडेल कल्याण सिंहको संगीत, संजय लामाको डिओपी, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्