Friday, June 25

श्रीमानले प्रहरीलाई मकै बारीमा गएर हेर्न भनेपछि २२ वर्षकी सुमिना गुरुङ यस्तो अवस्थामा फेला परिन

May 21, 2021 141

काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटीमा बस्दै आएका एक महिलाको श्रीमान र ससुरा मिलेर ह’ ‘त्या गरेको खुलासा भएको छ । जेठ २ राती तनहुँको बन्दीपृर नगरपालिका ४ लोही माईतिर घर भएका काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटी बस्दै आएकी २२ वर्षकी सुमिना गुरुङको उनकै श्रीमान सोनाम लामाले ह’ ‘त्या गरेर गाडेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

मृतकका श्रीमानले आफैले श्रीमतीको ह’ ‘त्या गरेको अनुसन्धानका क्रममा बताएपछि मृतकका श्रीमान २८ वर्षका लामा र मृतकका ससुरा चन्द्रबज्र लामालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न २ जना माथी नै कर्तव्य ज्यान मुद्दा शिर्षकमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक गुरुङ गाउँबाट एकाएक हराएपछि स्थानीयले खोजतालस गर्ने क्रममा उनका श्रीमानले यस्तो गरेर आफ्नै मकै बारीमा खा ल्डो ख नेर गा डेको अवस्थामा शव भेटिएको हो । यस्तो घटना घटाएको कुरा कोही कसैलाई नभनेर हराएको भनी गाउँमा हल्ला फैलिएपछि माईती पक्षले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा घट्नास्थलमा अनुसन्धान गर्दा उनका श्रीमान लामाले सोधपुछका क्रममा श्रीमतीको ह त्या ग रेर श व खा ल्डो ख नेर गा डेको भनेर आफैले बताएका थिए । उनले बताए अनुसार नै मकै बारीमा स्थानीय र प्रहरी समेतले खोतली उत्खनन गर्दा मृतक गुरुङको शव खा ल्डो ख नी गा डि एको अवस्थामा भेटिएको हो । मृतक गुरुङ र पक्राउ परेका उनका श्रीमान लामाविच २०७६ सालमा प्रेम विवाह भएको थियो । श्रोत नेपाल प्रेस

यो पनि : ‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ’- लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आउनुभएका ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्नुहुन्छ । उमा सँधै बिहान उठेर घरधन्दा गर्नुहुन्थ्यो तर बुधबार बिहान अवेरसम्म सुतिरहनुभयो । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लाग्नुभयो । छोरी श्रृती भने मनिङवाकमा जानुभयो । उमा भने मस्त निन्द्रमै हुनुहुन्थ्यो ।

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो ।

‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उहाँले रासससँग भन्नुभयो, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उहाँले छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए ,

‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले भन्नुभयो । उहाँको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै हुनुहुन्थ्यो ।

सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उहाँले बताउनुभयो । आमाले भूकम्प आएको थाहा पाउना साथ उमालाई भन्दा उमाको जेठी छोरी सुतिरहेकाले भित्र उठाउन गएको र छोरीलाई पनि सो घटना हुनबाट बचाउन सफल हुनुभएको थियो । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्कनुभएको छ ।

उमा यतिबेला उहाँ घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहनुभएको छ । उक्त भूकम्पले उहाँ मात्र नभई जिल्लाका पाँच जना घाइते भए । दुई सयभन्दा बढी घरमा क्षति पुग्दा सयौँ स्थानीय मर्कामा परेका छन् ।

प्रतिकृया दिनुहोस्