Monday, June 14

नेपाली सर्ट फिल्म कपी प्रकरण : सुरक्षाले भनिन्, ‘थाहा नपाएर काम गरे’

May 21, 2021 102

अप्रिल १४ मा युटुबमा रिलिज भएको छोटो चलचित्र ‘मन बार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिलेको पाइएको छ । उक्त्त चलचित्रको संवाद पनि नेपालीमा रुपान्तरण गरेर चलचित्रमा समावेश गरिएको पाइएको हो । जीवन शाहीको निर्देशनमा तयार भएको ‘मन बार’मा नायिका सुरक्षा पन्त र गायक तथा कलाकार कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको छ ।

उक्त्त चलचित्र कपी भएको कुरा बाहिर आएपछि नायिका सुरक्षा पन्त भाबुक भएकी छिन् । उनले भनिन्, ‘मेरो फिल्म कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछी धेरै दुख लागेको छ ।पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला।कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो काम प्रति कहिलेकाही मन खुम्चिन पुग्छ। ‘

ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हु म ।त्यसैले अनविज्ञ भइ यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु, उनले भनिन् ।

उनि भन्छिन्, ‘तर, फेरी यो नदोहोरिएला भन्न सकिन्न।इन्टर्नेटको सम्पुर्ण कन्टेन्ट हेरिसकेको पनि भइदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ? सोच्नुपर्ने कुरा हो यो ।’

उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा भएपनि अब उनले त्यस्मा काम नगर्ने बताएको छिन् । यस्तो पाठ उनी लगायत सबै टिमले सिक्नुपर्नेमा उनी जोड दिन्छिन् ।

उनले भनिन्, ‘टिमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरुबाट थाहा हुन्छ भने टिमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरु एकदम इमान्दार रहन जरुरी छ ।’

रुपेन्द्र खड्गीले यो चलचित्रको कथा, पटकथा तथा संवाद लेखेका हुन् । यो चलचित्रलाई दर्शकले रुचाएका छन् । ८ लाख २० हजार भ्यूज यो चलचित्रले सार्वजनिक भएको ३ सातामै प्राप्त गरिसकेको छ ।

तर, चलचित्रको कथा ‘नामर्द’ नामक छोटो चलचित्रसँग मिलेपछि यसको निर्माण टिम विवादमा परेको छ । ‘नामर्द’मा पूर्णिमा फुसे र अंकुर भिन्चुरकरले अभिनय गरेका छन् ।सन् २०१९ को फ्रेवुअरीमा निर्माण भएको हिन्दी छोटो चलचित्र ‘नामर्द’लाई जयस मेस्ट्रीले लेखेका हुन् । उदय कामतको यो छोटो चलचित्रमा पटकथा, सम्पादन तथा निर्देशन छ ।

विवाद भएपछि युट्युवबाट हटाइयो- हिन्दी छोटो चलचित्र ‘नामर्द’सँग हुबहु मिलेको पाइएपछि ‘मनबार’ लाई युट्युवबाट हटाइएको छ । बिहीबार दिउँसो २ बजेसम्म युट्युवमा रहेको उक्त छोटो चलचित्रलाई त्यसपछि आम पाठकहरुले हेर्न नमिल्ने बनाइएको छ ।

प्रतिकृया दिनुहोस्