Tuesday, October 26

रेणु दाहालले कारवाहीको चेतावनी दिएपछि पिडितको आयो यस्तो प्रश्न : ‘आफ्नो परिवारको कुनै सदस्यलाई एउटा सिटामोल नपाएर छटपटीदै मर्दा पनि तपाई यस्तै गर्नु हुन्थ्यो ? (भिडियो)

May 20, 2021 312

महामारीले धेरैको जीवन खोसेको छ । यस समयमा स्वभाविक रुपमा मानिसहरुमा मानवीय संवेग बढेको छ । राजनैतिक नेतृत्वप्रति मानिसहरुमा बितृष्णा समेत जागेको छ । यसैबिच संक्रमितको शव जलाउन समेत महानगरले २८ हजार रुपैयाँ लिँदैछ भनेर भरतपुरबाट एक खबर आयो ।

उक्त समाचार आएपछि भरतपुरकी मेयर रेणु दाहालमाथि धेरैले ब्यक्तिगत आक्षेप लगाए । उनले फेसबुकमा यसको प्रतिक्रिया दिँदै लेखिन्, ‘साईबर स्यालहरू खबरदार । यस्तो भयाबह अबस्थामा पनि झुटको राजनिती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म गर्छौं तिमीहरू?? घोर आपत्ति र खेद छ उक्त अनलाईन को समाचार प्रति ।’

‘पहिलो कुरा भरतपुर महानगरले बिगत देखि हाल सम्म यस कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याए सम्म ईमान्दारितापुर्ण उपाए र कोसिस गर्दै आएको कुरा प्रष्ट छ। आज एक अनलाईनले कोरोना बाट मृत्यु भएकाको शब जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने समाचार पुर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगर ले कुनै पनि शव ब्यबस्थापन गरेर पैसा नलिएको र शब जलाउने कार्य महानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु ।

महानगरले यस्तो गर्यो भनेर गरिएको यस्ता खाले भ्रमपुर्ण समाचार संप्रेषण गर्ने लाई आबश्यक कार्बाहीको माग गर्दछु ।’ मेयर रेणुले यसको जिम्मा प्रशासन र सेनाको रहेको, महानगरले ४ एम्बलेन्स निशुल्क दिएको लगायतका महानगरले महामारी रोकथाममा गरेका प्रयासहरुबारे लेखेकी छिन् ।

यसको जवाफमा विदुषा पाण्डे लेख्छिन् ‘जिउंदोमा एउटा सिटा-मोल नपाएर मृ त्यु बरण गर्नेहरुको ला स संग राजनिती एकपटक त्यो परिवारको सदस्यहरुलाइ राखेर तुलना गर । के आफ्नो परिवारको सदस्य गुमाउंदा यस्तै खालको हृदय बिदारक घटना घटेको भए के गर्नुहुन्थ्यो? मेरो प्रश्न जिम्मेवार निकायका जनप्रतिनिधीहरुलाइ? सबैले एक एक सेयर गरिदिनुहोला ती सम्र्पुण आफन्तहरुसम्म पुर्याउन सहयोग गर्नुहोला ।’

प्रतिकृया दिनुहोस्