Tuesday, September 21

यिनै हुन् काठमाडौंका डीएसपी राजकुमार जस्लाई कोरोनाले लग्यो

May 20, 2021 103

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्